Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पमाथि महाअभियोग लगाउने योजना असफल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने योजना असफल भएको छ।

ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएपछि उनलाई केही राहत मिलेकाे छ।

अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो ।

सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको हाे ।

५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । दुई तिहाइका लागि ६७ मत आवश्यक पर्दथ्यो ।

संसदले जो बाइडनलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने दिन ट्रम्पका सयौं समर्थकहरुले संसद भवनभित्र प्रवेश गरी तोडफोड गरेका थिए । सो हिंसामा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077