Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीको पतन निश्चित छः झाँक्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्।

रिहाइ भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिएको बताउँदै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताएकी हुन ।

राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको थियो ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिइन ।

‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077