Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा पुनर्स्थापना नभए देश ठूलो राजनैतिक भूमरिमा फस्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनैतिक भूमरिमा फस्ने बताएका छन् ।

नेपालबाट अन्तर्राष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसँग मंगलबार काठमाडौंमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आए जस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनैतिक भूमरिमा फस्ने चेतावनी दिए।

यद्यपी आफूहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफूहरुले गम्भीररुपमा विचार गर्नुपर्ने अवस्था श्रृजना हुने बताए। उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंबैधानिक नै हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077