Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

    मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन् ।

    ठूल्ठूला मेसिन जथाभावी चलाइँदा गंगा नदीको ललिताघाटस्थित साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशाला र वृद्धाश्रमलगायतका सम्पदामा क्षति पुगेको छ ।



    भारत सरकारले सन् २०१८ देखि काशी विश्वनाथ मन्दिरदेखि गंगा नदीसम्मको करिब सात मिटर क्षेत्रमा करिडोर निर्माण गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त परियोजनाको लागत करिब ६ सय करोड भारु रहेको छ ।

    आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने भएकाले मोदीले यस परियोजनाप्रति विशेष चासो राख्ने गरेका छन् । करिडोर निर्माणका लागि करिब तीनसय पुराना घर भत्काइँदैछ । त्यही क्रममा नेपाली सम्पदामा पनि क्षति पुगको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार