Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनविरुद्धको रिटमा भोलिबाट सरकारी पक्षको बहस

काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सोमबारदेखि सरकारका तर्फबाट बहस हुने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।

नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ । तेह्रौं रिटमाथिको बहस आइतबार नै सकिने भएकाे छ ।

आइतबार सबै रिटमाथिकाे बहस सकिएपछि साेमबारबाट सरकारका तर्फबाट बहस हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077