Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • ‘सर्वोच्च अदालतको फैसला मान्य हुन्छ’

    ‘सर्वोच्च अदालतको फैसला मान्य हुन्छ’

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2K
    SHARES

    काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

    प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।



    लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।



    मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनको भनाइ छ । प्रेस युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेलले वर्तमान समसामयिक गतिविधिका बारेमा प्रकाश पारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार