Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जर्तीको बहानामा पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

    जर्तीको बहानामा पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल आयल निगगमले जर्ती सुविधा कटाउन खोजेको भन्दै पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् ।

    बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ ।



    एशोसिएसनका अध्यक्ष अच्युत खड्काले निगमले जर्ती काट्न लागेकाले व्यवसायीहरुलाई सर्कुलर गरिएको स्वीकारी सकेका छन् ।



    तीन वर्षअघिदेखि निगमले जर्ति दिंदै आएको छ । तीन वर्षअघि लडेर प्राप्त गरेको अधिकार निगमले खोस्न नमिल्ने खड्काको भनाई छ ।

    खड्काले उपभोक्तालाई अप्ठ्यारो पार्ने आफूहरुको नियत नभए पनि निगमका कारण विक्री रोक्न बाध्य हुनु परेको बताएका छन् ।

    निगमले जर्तीको सुविधा काटे आफूहरु मारमा पर्ने भन्दै सशक्त आन्दोलन गर्ने समेत उनले बताए ।

    यता, निगमले भने जर्ती सुविधा नदिनेबारे निर्णय नभइसकेको तर यसको औचित्यबारे अध्ययन थालेको जनाएको छ ।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अध्ययन भइरहेको विषयलाई लिएर व्यवसायीले पेट्रोल नउठाउने तथा उपभोक्तालाई दुःख दिने काम गरे निगमले कारबाही गर्ने बताएका छन् ।

    बागमती प्रदेशभित्र १५० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् भने दैनिक ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेको छ ।

    पम्प सञ्चालकहरुले १२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेका छन् ।

    जर्तीबारे निगमले काठमाडौं विश्वविद्यालय मार्फत अध्ययन गरेको र उक्त सुविधा वैज्ञानिक भएमात्रै दिन सकिने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार