Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

८ सय ५० मिलीग्राम लागुऔषधसहित युवा पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलीग्राम लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले पन्तलाई शङ्कास्पद तरिकाले वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले द्वारनजिकै गएराति हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“नियन्त्रणमा लिइएका उनको शरीर खानतलासी गर्दा उनले लगाएको चेष्टगार्डको अगाडि खल्ती र साथमा भएको मोबाइल कभरभित्र लागुऔषध ब्राउन सुगरजस्तो प्लाष्टिकमा धुलो पदार्थ भेटियो”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बरामद गरिएको लागुऔषध ब्राउन सुगर ८५० मिलीग्राम थियो ।” उनको साथमा लुकाइछिपाइ राखेको विभिन्न दरका नोट रु दुई लाख ४३ हजार ४० पनि बरामद गरिएको उहाँले बताए ।

पक्राउ परेका पन्तको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077