Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीसँग मिलेर जाने देउवाको संकेत : बाहिर बिरोध, भित्र समर्थन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने संकेत गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ बूढानीलकण्ठमा आयोजित विरोधसभालाई शनिबार सम्बोधन गर्दै  देउवाले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका थिए।

तर,देउवाले सर्वोच्च अदालतमा सो विषयमा मुद्दा परेकाले अदालतले लिने निर्णय भने कांग्रेसले मान्ने बताएका छन् ।

यस विषयमा सर्वोच्च अदालतलाई कतैबाट कुनै प्रकारको दवाव दिन नहुने उनले बताए ।

देउवाले बाहिर संसद बिघटनको बिरोधमा बोले पनि केही समय अघि भएको संबैधानिक नियुक्तीको भागवन्डामा सहमति गरेका कारण उनको बोली र व्यबहारमा फरक देखिएको र शंका गर्ने थुप्रै ठाउँ रहेको कांग्रेसकै नेताहरु वताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077