Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई नियुक्त गरेको छ ।

शुक्रबार प्राधिकरणको महानिर्देशकस्तरीय निर्णयले तिवारीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि देवेन्द्र केसी ३ मंसीरमा उमेरहदका कारण अनिवार्य अवकासमा गएपछि रिक्त रहेको महाप्रबन्धकमा तिवारीलाई नियुक्त गरिएको हो ।

तिवारीले शुक्रबार नै महाप्रबन्धक नियुक्तिको पत्र बुझिसकेको भएपनि औपचारिक रूपमा पदभार भने आइतबारदेखि मात्रै सम्हाल्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077