Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले झुक्याएर मेराे हस्ताक्षर लिएर दुरूपयाेग गरे : मन्त्री साह

जनकपुरधाम । शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले आफूलाई झुक्याएर हस्ताक्षर लिएको आरोप लगाएका छन् । जनकपुरमा भएकाे एक कार्यक्रममा मन्त्री साहले प्रचण्डलाई प्रश्न गर्दै भने 'तपाईले प्रभु साहसँग कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’ ।

‘दुई चोटी प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा समेत विकास गर्न नसक्ने देशमा कसरी विकास गर्ने?’ उनले प्रश्न गरे। उनले प्रचण्ड पदको लोभी रहेकोले माओवादी मुभमेन्ट (कम्युनिस्ट) आन्दोलनलाई प्रचण्डले नै बेचेको आरोप समेत लगाए।

उनले भने, ‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश दिने भनेका थिए तर के गरे? युद्धकालमा भनेका थिए मेचीदेखि महाकालीसम्म मधेश दिन्छु तर के गरे? तपाईँहरुलाई जुठ बोल्ने नेता चाहियो वा साँचो बोल्ने?’

पदको लालसामा कम्युनिस्ट आन्दोलन समेत बेचेकोले प्रचण्डको अगाडि पछाडि बस्ने कोही नरहेको भन्दै साहले मोहन बैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, बादल सबैले उनको साथ छोडेको बताए।

साथै उनले प्रतिनिधिसभा विघटन गरेर कोही खुशी नरहेको बताएका छन्। प्रतिनिधिसभा विघटन आफैँमा आत्मघाती रहेको उनकाे भनाइ छ ।

‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भनेका छन्, हामी आफैँ संसद विघटनबाट खुशी छैनौँ। प्रधानमन्त्री समेत खुशी छैनन’, मन्त्री साहले भने, ‘को चाहन्छ हामी पाँच वर्षको लागि जितेका छौँ भने तीनै वर्षमा छाडीदिउँ। यसबाट कोही खुशी छैनन्। यो आफैमा आत्महत्या हो। यो विवशता हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077