Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सले मलेसियाका ३ जना कर्मचारीलाई फिर्ता बोलायो

काठमाडौं । नेपाल वायु सेवा निगमका ३ जना कर्मचारीलाई क्‍वालालम्पुरबाट काठमाडौं फिर्ता बोलाइएको छ । उनीहरूले मलेसियाको उडानबाट गत बुधबार कोभिड-१९ संक्रमित बिरामीलाई नेपाल पठाएका थिए ।

त्यहाँको स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, फाइनान्स प्रमुख इन्द्र थापा र स्टेसन म्यानेजर युवराज आचार्यलाई निगमले काठमाडौं फिर्ता बोलाउने निर्णय गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

गएको बुधबार निगमको क्लालालम्पुरबाट काठमाडौंका लागि भएको उडानमा आएका १ सय ४५ यात्रुमध्ये रौतहट घर भएका एक नेपाली यात्रु कोरोनाका बिरामी रहेको फेला परेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य सेवा विभागले राखेको हेल्थ डेस्कमा कागजात जाँच गर्ने क्रममा ती यात्रुको साथमा रहेको पीसीआर जाँचको रिपोर्ट पोजिटीभ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077