Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको सेटिङमा नवलपरासीबाट भारतमा रेडबुल तस्करी, शशस्त्र प्रहरीद्वारा गाडी र रेडबुल बरामद

पश्चिम नवलपरासी । पाँच नम्वर प्रदेश कार्यालय अन्तर्गतका भारतसँग जोडिएका सीमामा नेपाल प्रहरीको सेटिङमा हुने गरेको तस्करीमा शशस्त्र प्रहरीले अबरोध शुरु गरेको छ।

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ८ पिपरपातीबाट पौष ५ गते एपीएफ टोलीले करीव ६ लाख २४ हजार रुपैयाँ बराबरको चोरी निकासीको रेडबुल बरामद गरेको छ ।

स्रोतका अनुसार नवलपरासी (पश्चिम)का प्रहरी प्रमुख अजय केसीले प्रदेशका हाकिमको संकेत पाएपछि तस्करीलाई निर्वाध रुपमा सँचालन गर्न दिएका छन्।

लु १ च २०५५ नम्बरको पिकअप गाडीमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त रेडबुल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रर्सौनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त रेडबुल नेपाल प्रहरीकै सेटिङमा तस्करी भएको स्रोतको भनाइ छ।

एपीएफ टोलीले उक्त पिकअप गाडी समेत बरामद गरेको छ ।

बरामद रेडबुल तथा गाडी भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ । उक्त गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।

यसअघि तस्करहरुले महेशपुर नाकाबाट सुपारी र केराउ भारततर्फ पठाउन थालेको सार्वजनिक भएको थियो ।

२०७७ साउन ३० मा एकैदिन १ लाख २६ हजार किलो हरियो केराउ बीरगंज र बाराबाट नलपरासीमा गएको बिलबिजक फेला परेका  थिए ।

एक दिनमै साढे १ लाख किलो केराउ बीरगंज र बाराबाट नवलपरासी, भैरहवा र बीरगंजका नाममा गएको प्रमाण नै सार्वजनिक हुँदा समेत प्रदेश प्रहरीले कुनै छानविन नै नगरी तस्करलाई उन्मुक्ति दिएपछि प्रदेश प्रहरीमाथि शंका उब्जिएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077