Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन्।

भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको सोमबार उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए।

'बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, त्यही अवस्था सिर्जना भयो', जनताले स्थिर सरकार र विकास निर्माणका कार्यका लागि जनादेश दिँदासमेत केही अस्थिरता चाहनेले समृद्धिको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भने, 'महाधिवेशनबाट नीति र नेतृत्वको छिनोफानो गर्ने सहमति र अभिभारातर्फ जानुपर्नेमा नेकपाभित्र विवाद भयो, अहिले दुःखद् बाध्यता सिर्जना हुनपुग्यो।'

उनले सङ्घीय संसद् विघटन जनताको चाहना नभए पनि दुःखद् बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने बताए। भद्रपुर नगरपालिका वडा नं १० मा ग्रामीण प्रशिक्षण केन्द्रलाई सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यहाँ प्रदेश प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ।

विसं २०१९ मा पञ्चायत प्रशिक्षण केन्द्र नै २०४६ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि ग्रामीण विकास प्रशिक्षण केन्द्र बनेको थियो। मुलुक सङ्घीयतामा गइसकेपछि अब प्रदेश नं १ का १३७ पालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सञ्चालन गरिने केन्द्रका निर्देशक गणेश तिम्सिनाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077