Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीको कदम स्वागतयोग्य : कांग्रेस नेता भण्डारी

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद् विघटन गर्दै निर्वाचनको घोषणाको गरेकाे सरकारकाे स्वागत गरेका छन् ।

सरकार चल्नै नसक्ने अवस्था आएपछि आगामी बाटोका लागि जनतालाई जिम्मा लगाउनु स्वागतयोग्य कदम भएकाे भण्डारीकाे बुझाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् मार्फत केन्द्रीय सदस्य भण्डारीले भनेका छन् “नेपाली जनताले नेकपालाई पाँच वर्षको लागि सत्ता सञ्चालन गर्ने जिम्मेवारी दिएको थियो, तर पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन,” उनले भनेका छन् ।

“चल्न नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा हो।” कसले के भन्छ भन्दा पनि देशमा के हुँदै छ भन्ने महत्त्वपूर्ण सवाल भएको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077