Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राजतन्त्रकाे पक्षमा दमौलीमा पनि प्रदर्शन

दमौली । तनहुँमा राजसंस्थाका पक्षमा युवाहरूले मोटरसाइकल र्‍याली गरेका छन् ।

राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौलीमा शुक्रबार मोटरसाइकल र्‍याली गर्दै प्रदर्शन गरेको हो ।

तनहुँको दमौली, डुम्रे, थर्पु, दुलेगौंडालगायतका सहरबाट आएका युवाले नेपालको झण्डा बोकेका थिए । उनीहरुले राजसंस्थाको पुनर्वहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए ।

दमौली अनशन चौतारीबाट सुरु र्‍याली बजारका विभिन्न भाग, भादगाउँ, हाइस्कूलटार हुँदै दमौलीमा आएर टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077