Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागुऔषधसहित दुई युवक पक्राउ

सिरहा । प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका– ३ निवासी ३२ वर्षीय मो रहसुन र कर्जन्हा नगरपालिका– ४ निवासी २० वर्षीय राकेशकुमार शर्मा रहेका छन् ।

भारतीय बजार तर्फबाट आइरहेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा शरीरमा लुकाइछिपाइ ल्याइरहेको लागुऔषध नाइट्रोभेट ट्याब्लेट ३० पत्ता बरामद भएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी सीमासुरक्षा बल माडरका सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय माडरमा बुझाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077