Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बीरगञ्जमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन,स्कुले विद्यार्थी समेत सहभागी

बीरगञ्ज । पर्साको वीरगञ्जमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको छ । प्रदर्शनमा उनीहरुले राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गरेका थिए ।

हिन्दू राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति पर्साले ‘जनता आउ राजा ल्याउ’ नामक ब्यानरमा भएको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

बीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै पुन घण्टाघर पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए ।

र्‍यालीमा स्कुल ड्रेस लगाएका विद्यार्थी समेत सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077