Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

२ किलो ७०० ग्राम अफिमसहित दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले २ किलो ७ सय ग्राम लागूऔषध अफिम सहित २ जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ४५ बर्षिय दुर्गा बहादुर मोक्तान र रबि बहादुर सिजाली मगर रहेका छन्।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले कोल्हवी नगरपालिका-६ प्रसौना बजारबाट नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार भई आईरहेका दुबै जनालाई अफिम सहित पक्राउ गरेको हो।

अफिम सहित पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रबक्ता एवम डिएसपी गौतम मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077