Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडाैंमा विप्लवका तीनजना विद्यार्थी नेता पक्राउ

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरु तिनैजना विद्यार्थी नेता हुन् । यद्यपि उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077