Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हवल्दारविरुद्ध ४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगल मंगलबार इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध चारलाख बिगो दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

जातीय विभेद सम्बन्धी मुद्दाको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छुटाइ दिने आश्वासन दिएर उनले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा सियारी गाउँपालिका– ७ बाट रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077