Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ

काठमाडौं । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले १० लाख घुससहित विद्युत प्राधिकरण कर्मचारीलाई पक्राउ गरेकाे छ ।

अख्तियारकाे टाेलीले नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल (नवौतह) लाई पक्राउ गरेकाे हाे ।

आयोजना प्रमुख इन्जिनियर जैसवाल सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।

उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077