Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से २.३९ अंक घट्याे, पौने २ अर्बको कारोबार

काठमाडौं । शेयर काराेबार मापक नेप्से परिसूचक २.३९ अंकले घटेर १६४० दशमलब ६९ अंकमा पुगेको छ ।

सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि १ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। व्यापार, होटल, हाइड्रोपावर, अन्य र म्युचुअल फन्डको सूचक भने सुधार भएको छ।

विशाल बजारको मूल्यमा विगत केही दिनदेखि लगातार बढ्दो क्रममा सर्किट लागिरहेको छ। कम्पनीको मूल्य अधिकतम १० प्रतिशतले बढेर २५७५ रुपैयाँ कायम भएको छ।

सबैभन्दा धेरै प्राइम बैंकको ९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। २०१ वटा कम्पनीको कारोबार हुँदा ५६ वटाको मूल्यमा सुधार आए पनि ९३ वटा मूल्यमा गिरावट आएको छ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको कारोबार बुधबार सुरु भए पनि प्रिओपनिङ सेसनमा कारोबार हुन नसक्दा कारोबार हुन पाएन। केही दिनयता केही राजनीतिक घटना क्रमले गर्दा नेप्से सूचकमा प्रभाव पारेको थियो। तर नेकपा विवाद अन्योलतामा परिणत भएसँगै दोस्रो बजारमा सुधार हुन नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077