Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका जवान घुस रकमसहित पक्राउ

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक जवानलाई घुससहित पक्राउ गरेकाे छ ।

महोत्तरीकाे गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077