Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दसैँकाे टीकाकाे दिन कुटपिट गरी हत्या गरेकाे आरोपमा ४ जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हत्या आरोपमा ४ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका-६ बछिन डाँडा टक्सारका ३३ वर्षका टाउके भनिने इन्द्रजित गुरूङ, ३४ वर्षका गिरे प्रसाद गुरूङ, २४ वर्षका किङकङ गुरूङ र २८ वर्षका सन्ताेष गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी हाेबिन्द्र बाेगटीले जानकारी दिए ।

उनीहरू दसैँकाे टीकाेकाे दिन हाे-हल्ला गर्दै हिडेकाे र दुई पक्षबीच झडप हुँदा २९ वर्षका सूय बहादुर गुरूङकाे १२ गते मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

मृतक गुरूङलाई उनीहरूले बाेत्तल, बाँसकाे भाटा, लाठी, ढुङ्गा प्रहार गरी घाईते बनाएकाे र घाईते गुरूङकाे उपचारकाे क्रममा कात्तिक १२ गते मृत्यु भएकाे थियाे ।

घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077