Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानव अधिकार आयोगको कार्यालय दसैँ बिदामा पनि खुल्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु दसैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दसैँकाे बिदामा पनि आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु १२ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ ।

साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने पनि जनाइएको छ ।

आयोगले डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी पनि तोकेको छ । यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन प्रवक्ता पोखरेलसहित उपसचिव बुद्धनारायण सहनी केवट, उपसचिव सोमनाथ सुवेदी, अधिकृत दुर्गा पोखरेललाई तोकिएको सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077