Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्‍चालन हुने

    पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्‍चालन हुने

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह २४ घण्टा सञ्‍चालनमा ल्याउने निर्णय गरेकाे छ ।

    मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह २४ घण्टा सञ्‍चालनमा ल्याउने निर्णय गरेकाे प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले साेमबार जानकारी दिए ।



    सोमबारकाे पत्रकार सम्मेलनमा उनले शवदाह गृहलाई २४ सैं घण्टा सञ्चालनमा ल्याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने पनि मन्त्रिपरिषद्को निर्णय गरेकाे बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार