Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भाउजुको हत्या आरोपमा देवर पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भाउजुको हत्या गरेकाे आरोपमा गर्ने देवरलाई पक्राउ गरेकाे छ ।

शुक्लाफाँटा नगरपालिका-८ स्थित सुनबरा खोलामा भाउजु नाता पर्ने ३५ वर्षीया कालीदेवी खुनाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २४ वर्षीय मान सिंह खुनालाई आइतबार पक्राउ गरेको हो।

मृतक कालीदेवी गत असोज २७ गते छोरा र देवरसँगै घर नजिकै रहेको सुनवार खोलामा माछा मार्न गएकी थिइन्।

माछा मार्न गएकी उनी घर नफर्केपछि खोजतलास गर्दा २८ गते खोला किनारा जमिनमा गाडिएको अवस्थामा फेला पारिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।

उनका अनुसार आपसी विवाद हुँदा हातले घाँटी दवाई भाउजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077