Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामुदायिक वनका अध्यक्ष ८० हजार रूपैयाँ घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

वन मुद्दा मिलाउनका लागि रेन्जरलाई घुस दिन बहाना बनाइ सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा रानालाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

कैलालीको तारानगरस्थित सवडिभिजन वन कार्यालयले ट्याक्टरमा लोड भएको काठसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।

सोही घट्नासम्बन्धि मुद्दा मिलाइ दिने बाहनामा वन कार्यालयका रेन्जर राम अवतार चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष रानालाई धनगढी उपमहानगरपालिका-१ स्थित पार्क मोडबाट बिहीबार नियन्त्रणमा लिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077