Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सचिवहरुको सरुवा गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय, कुन मन्त्रालयमा काे ? (विवरणसहित)

    सचिवहरुको सरुवा गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय, कुन मन्त्रालयमा काे ? (विवरणसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीसहित बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।

    नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेपछि चर्चाकाे विषय बनेकाे छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए ।



    कुन सचिवको सरुवा कहाँ ?



    प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

    भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

    काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

    सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    बिहीबारको बैठकले सरकारका प्रवक्ता तोक्ने र कोरोना नियन्त्रणका लागि ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीको जिम्मेवारीबारे पनि छलफल हुने अनुमान गरिएकोमा सो विषयमा पनि छलफल भएन ।

    प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई अर्थमन्त्री, लीलानाथ श्रेष्ठलाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृष्ण गाोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका थिए ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीले आफैं रक्षामन्त्रीको जिम्मेवारी लिएका थिए । पोखरेललाई प्रधानमन्त्री कार्यालयमा थन्काइएको छ ।

    त्यस्तै महिला मन्त्री पार्वत गुरुङलाई सञ्चारमन्त्री बनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार