Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् पुर्नगठन विवाद: प्रचण्डले ओलीमाथि लगाए गम्भीर आराेप

काठमाडौं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठनमा असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै प्रचण्डलगायत केही नेता असन्तुष्ट छन्।

'प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो। त्यसमा अध्यक्ष दाहालको असन्तुष्टि छ', स्रोतले भन्यो, 'दाहाल पार्टी स्थायी कमिटीको निर्णयअनुसार सरकार प्रभावकारी रुपमा सञ्चालन गर्न अपवादबाहेक सबै मन्त्री फेर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। तर, प्रधानमन्त्रीले एकलौटी रुपमा निर्णय लिनुभयो।'

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनबारे पटक पटक वार्तामा बसिरहेका थिए। तर, उनीहरुबीच सहमति बन्‍न सकेको थिएन। प्रधानमन्त्री ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन्।

अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिरहाका लीलानाथ श्रेष्ठलाई नियुक्त भएका हुन्।

त्यस्तै नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा पनि प्रचण्ड लगायत केही शीर्ष नेताहरू घुमाउराे भाषामा प्रष्टिकरण दिदैँ सहभागी भएका छैनन्।

कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल सपथ ग्रहण समारोहमा सहभागी भएका छैनन्।

झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् भने कोरोनालाई कारण देखाउँदै प्रचण्ड र नेपाल सपथग्रहण समारोहमा सहभागी भएनन्। मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले घुमाउराे शेलीमा असन्तुष्टि जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077