काठमाडाैं । सरकारले अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीलाई निक्षेप तथा कर्जा सुरक्षण कोणको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसैगरी बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, राजेश कुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्र बदना राई, मोहम्मद शेख गरी ९ जनालाई मनोनयन गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।
Leave a Reply