Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि कारबाहीकाे माग गर्दै आयोगमा उजुरी

काठमाडौं । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेकाे छ।

अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

चिकित्सा क्षेत्रको सुधारका माग राख्दै अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दा बिनाकारण पक्राउ गरिएको भन्दै सोलिडारिटी फर डाक्टर केसी अभियानका अभियन्ताले सोमबार मानव अधिकार आयोगमा काठमाडौंका सीडीओ दाहाल र एसएसपी ज्ञवालीविरुद्ध कारबाही माग गर्दै उजुरी दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा प्रहरी प्रशासनले आफूहरुको शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार हनन गरिएको उजुरीमा उल्लेख छ । गत शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले अभियानका सदस्य पुकार बम, प्रितम सुवेदी, सचिन तिमल्सेनासहित १७ जनालाई प्रकाउ गरेको थियो ।

त्यस्तै आफूहरुलाई पक्राउ गरिँदा स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना नगरेको, पक्राउको कारणबारेमा कुनै जानकारी नदिएको, प्रहरी हिरासतमा राखी दिनभरी बन्धक बनाएको, बेलुका जबरजस्ती त्यहाँबाट निस्कासन गरेको, पक्राउ गर्दा र निस्कासन गर्दा कुनै सूचना नदिएको पनि उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077