Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भक्तपुरमा चन्दा संकलन गरेको आरोपमा पक्राउ

भक्तपुर । महानगरीय प्रहरी प्रभाग सानोठिमीले चन्दा संकलन गरेको आरोपमा एक जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी-६ घर भएका ६१ वर्षीय गोपाल नेपाली रहेका छन् ।

उनले कुम्बासी टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077