काठमाडाैं । निजामती कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड युनियनको निर्वाचन २७ मंसिरमा हुने भएको छ ।
यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो चुनाव स्थगित गर्ने निर्णय गरेको थियो ।
निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चुनाव २७ मंसिरमा गर्ने निर्णय गरिएको जानकारी दिए ।
Leave a Reply