Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

ऊर्जामन्त्री पुन होम आइसोलेसनमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री शुक्रबारदेखि होम आइसोलेसनमा बसेका हुन् ।

पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।

अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077