Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध भ्रष्टाचारकाे मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा सात करोड ७१ लाख ९२ हजार ८६० रूपैयाँ बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ ।

आयोगका अनुसार दासको वैध आय सात करोड ६० लाख १० हजार ४८९ रूपैयाँ आर्जन गरेको देखिएको छ । आयको तुलनामा १५ करोड ३२ लाख तीन हजार ३५० रूपैयाँ अवैध आय देखिएको आयोगले जनाएकाे छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077