Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटिए

काठमाडौं । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिकामा ३ जनाकाे शव फेला परेकाे छ ।

मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थल पुगेका छन् । प्रहरी स्राेतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ । घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको छ। घरको प्रत्येक तलामा शव फेला परेको हो। घटना शंकास्पद भएको र अनुसन्धान शुरु भइसकेको एसएसपी थापाले वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077