Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार ७.३५ अंकले बढ्यो

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार मंगलवार ७ दशमलव ३५ अंक बढेको छ । २ बजेर ४३ मिनेटसम्म घटेको बजार त्यसपछि भने उकालो लागेकाे हाे । सोमवार शेयर बजार १२ दशमलव १७ अंक घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा बन्द भएको थियो ।

मंगलवार भने १ हजार ४९१ दशमलव ३३ विन्दुदेखि खुलेको बजार १ हजार ४७७ दशमलव ३८ विन्दुसम्म झरेको थियो । सोमवारको तुलनामा मंगलवार कारोबार रकममा भने कमि आएको छ । सोमवार रू. २ अर्ब १६ करोड ४९ लाख ३० हजार बराबरको शेयर कारोबार भएको थियो ।

१९० ओटा कम्पनीको २३ हजार २९७ पटक खरिदबिक्री हुँदा १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रूपैयाँ काराेबार भएकाे छ । ४१ लाख ८० हजार ८१६ कित्ता शेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077