Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनलाई शक्ति देखाउन लिपुलेकमा भारतीय लडाकु विमानकाे गस्ती

दार्चुला । छिमेकी चीनसँग सीमा विवादमा अल्झिरहेको भारत अहिले भने नेपालकाे सीमा क्षेत्रमा लडाकु विमान मार्फत शक्ति प्रदर्शन गरिरहेको छ ।

पछिल्ला दिनहरुमा भारत र चीनबीचको सीमा विवाद झन् बढ्दो क्रममा रहेको छ । केही दिनअघि दुई देशका सैनिक बीच ढुंगामुढा तथा हात हालाहाल हुँदा केही भारतीय सैनिक हताहत भएको खबर समेत बाहिरिएको थियो । सोहीकारण पनि सीमामा भारतीय गतिविधि बढिरहेको बुझिएको छ ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरिरहेको भारतले अहिले सो क्षेत्रमा चीनलाई देखाउनका लागि शक्ति प्रदर्शन गरेको बुझिएको छ । चिनियाँ पक्षले आफ्नो सीमा क्षेत्रमा लडाकु विमान ल्याएको अनुमान गरेको भारतले पनि लिपुलेक लगायतका चीनको सीमा नजिक आफ्नो लडाकु विमानबाट गस्ती सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मंगलबार र बुधबार भारतका सैनिक विमानले गस्ती गरेको र लिपुलेक लगायतको क्षेत्रमा भारतीय सैनिकको उपस्थिति समेत बढाइएको दावी भारतीय मिडियाले गरेको छ । अर्कोतर्फ चीनले पनि भारतसँग विवाद भएका क्षेत्रमा सैनिक बल दोब्बर बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077