काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै फेरी एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।
गृह मन्त्रायलमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञामा यो पटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।