Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सिरहामा निषेधाज्ञा १२ दिन थपियो

    सिरहामा निषेधाज्ञा १२ दिन थपियो

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 4.1K
    SHARES

    सिरहा । सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

    प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।



    निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिए। निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ । यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार