Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित पार्ने काम राेक्न देउवाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरुको मनोवैज्ञानिक असर पर्न दिन नहुने बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको भन्दै स्वास्थ्यकर्मीहरुको मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका देउवाले तीनवटै तहका सरकारहरुलाई सजग गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ। आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो। यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077