'हामीले मायालाई छाेरीकाे हत्या गरेको आरोपमा पक्राउ गरेका छौं। तर हत्या उनैले गरेको हो वा होइन भन्ने खुलिसकेको छैन,' प्युठानका डिएसपी नरेन्द्र कार्कीले भने,'अनुसन्धान सबै सकिएपछि मात्रै भन्न सक्छौं।' यता वडा नम्बर १ का वडाध्यक्ष मुकुन्दराज शर्माले आमाको व्यवहार हेर्दा उनैले हत्या गरेकाे हुनुपर्ने आशंका गरिएको बताए। उनका अनुसार आयुषा अधिकारीका बुबा गोपाल अधिकारी होटल सञ्चालक हुन्।