Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा दाेहाेराे अंककाे सुधार

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७५ अंकले बढेर १ हजार ४ सय २ दशमलव २१ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने परिसूचक पनि १ दशमलव १४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै उपसमूहहरु हरियाली देखिएका छन् ।

सबै भन्दा बढी प्रतिशत बढ्नेमा निर्जिवन बीमा कम्पनी उपसमूह देखिएको । निर्जिव बीमा २,४६ प्रतिशत अर्थात १६२ दशमलव १३ अंकले बढेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत राम्रै भएको छ । दिनभर भएका १८४ कम्पनीको १६ हजार ७ सय २४ कारोबारबाट ३५ लाख ९१ हजार ४८ कित सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077