चितवन । सोमबार विहान चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिका क्षेत्रका ७ जना र राप्ती नगरपालिकाका ३ जना गरि १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हेटौडांका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
Leave a Reply