Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चितवनमा फैलँदै कोरोना ,सोमबार विहान मात्रै १० जनामा कोरोना पुष्टि

    चितवनमा फैलँदै कोरोना ,सोमबार विहान मात्रै १० जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.2K
    SHARES

    चितवन । सोमबार विहान चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो सँगै  चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिका क्षेत्रका ७ जना र राप्ती नगरपालिकाका ३ जना गरि १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै हेटौडांका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार