Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मन्त्रिपरिषदको निर्णय : यातायात र हवाई उडान भदौ १६ पछि खुल्ने

    मन्त्रिपरिषदको निर्णय : यातायात र हवाई उडान भदौ १६ पछि खुल्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस  संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको  बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।



    काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछी सीसीएमसीले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको थियो ।



    सीसीएमसीको आईतवार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । ।

    मन्त्रिपरिषदको बैठकले  सिमा नाकाबाट आउनेहरुलाई थप कडाइ गर्ने निर्णय गरेको छ

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार