Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभापति देउवाले फेरि गरे पाँच विभागमा सदस्यकाे मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गरेका छन् । संस्थापन इतरपक्षको विरोधकाबीच देउवाले धमाधम विभागहरुमा मनोयन गरेका हुन् । देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय ६६ जना सदस्य मनोनय गरेका हुन् ।

देउवाले आइतबार राति ११ बजे १० वटा विभागमा ३ सय ९४ सदस्य मनोनयन गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गर्ने क्रम गरिएको भन्दै विरोध जनाएको छ । वरिष्ठ नेता पौडेलले विधानको व्यवस्था र आचारसंहिताको विरुद्ध भएका मनोनयनलाई आफूहरुले अस्विकार गर्ने बताए ।

देउवाले मनाेनयन गरेका विभागहरूकाे सूची यस्ताे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077