Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से करिब ३८ अङ्कले बढ्यो

काठमाण्डौ । धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक सोमबार झण्डै ३८ अङ्कले बढेको छ । सोमबार​ परिसूचक ३७ दशमलव ७४ अङ्कले बढेर १४ सय ३० दशमलव ४१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आइतबार पनि नेप्से परिसूचक ११ अङ्कले बढेको थियो । यस्तै सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७ दशमलव ६३ अङ्कले बढेको छ । सोमबार​ म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको २८३ र जीवन बीमा समूहको २२३ दशमलव १५ अङ्कले परिसूचक बढेका छन् ।

सोमबार दिनभर ८६ करोड ९२ लाख रुपैयाँ बराबरका २६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएका छन् । साेमबारकाे कारोबार रकम भने आइतबारकाे भन्दा थोरै हो । आइतबार ९७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077